समाचार

करेन्ट लागेर एक बालिकाको मृत्यु



कञ्चनपुर, १४ वैशाख । टेबुल पंखाबाट करेन्ट प्रवाह हुँदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रवार कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीमा करेन्ट लागेर छ वर्षीया बालिका कमला भुलको मृत्यु भएको हो । करेन्टले झड्का दिँदा सोही घरका ५५ वर्षीय देवुवा भुल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।