समाचार

९ लाख भन्दा बढी नेपाली बेरोजगार



काठमाडौँ, १४ वैशाख । ९ लाख ८ हजार नेपाली बेरोजगार छन् । तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन् ।

श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन् । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११।४ प्रतिशत छ ।

यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो । अघिल्ला सर्वेक्षणमा स्वयंसेवकका रूपमा काम गर्नेलाई पनि रोजगार मानिएकाले बेरोजगारी दर कम रहेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक नेबिललाल श्रेष्ठले बताए ।

पछिल्लो सर्वेक्षणअनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ । यसपटक विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग तथा नाफा आर्जन गर्ने क्रियाकलापलाई मात्र रोजगार मानेको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।