समाचार

खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु



काठमाडौं, १४ वैशाख । महानगरपालिकाले खुल्ला मञ्चमा निर्माण गरिएका अनधिकृत सटरहरु भत्काउन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनपछि कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोली सटर भत्काएको हो । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो ।

काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो ।टोलीले खुल्लामञ्चमा निर्माण गरिएका ५१ वटा सटरहरु भत्काउन थालिसकेको छ । मेयर शाक्यको निर्देशनसँगै नगरप्रहरी, नेपाल प्रहरी र डोजर लिएर सटर भत्काएको  कार्यान्वयन महाशाखा प्रमुख सापकोटाले बताए ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।