राजनीति

सूचना आयोगको ११औं स्थापना दिवश : ‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’



काठमाडौँ, २३ बैशाख । सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना आयोगको ११औं स्थापना दिवश भव्य रुपमा सम्पन्न भएको छ ।

विश्वमा जो व्यक्ति सूचनाले भरिपूर्ण हुन्छ त्यो व्यक्ति वा मानिसनै वर्तमान समयमा विश्वकै धनी मानिनछ । विश्वको इतिहासमा हेर्दै आउने हो भने पनि दासी प्रथादेखी विकास र विस्तार हुने क्रममा मातृसतात्मक सिद्धान्त–पितृसतात्मक–दैविक शक्ति हुँदै लोकतान्त्रीक गणतन्त्रसम्म आउँदा मानिसको सवैभन्दा ठूलो सम्पत्ती नै सूचना स्थापीत भएको छ ।

पछिल्लो समय विश्वमा नै राजनीतिक परिवर्तनसँगै व्यवस्था परिवर्तन हुने भएकाले व्यवस्था परिवर्तनसँगै सूचना र प्रविधिको प्रयोग तथा जानकारी समेत समय सापेक्ष परिवर्तन भइरहेको छ । यसै सवालमा नेपालकै परिप्रेक्षलाई मात्र हेर्ने हो भने मानिसले आर्थिक तथा सामाजिक रुपान्तरण गर्न रोजगारीका लागि आधुनिक उद्योग हुन जरुरी रहेको छ । उद्योगको विकास र विस्तार गर्न समेत सूचना र प्रविधि अपरिहार्य रहेको छ । त्यसैले अवको युग भनेको उद्योगको नभई सूचना र प्रविधियुक्त उद्योगको युगको सुरुवात भएको छ । जसको लागि सूचना आयोगको भूमिका महत्वपूर्ण रहेको छ ।

यसै सवमालमा आयोगले नागरिकको सूचना सम्बन्धी देशव्यापी जागरण अभियान समेत सञ्चालन गरिरहेको छ । यसै क्रममा आयोगले सूचना नदिने कुनै पनि सरकारी तथा गैरसरकारी संस्घसंस्थालाई कानुनी दायरामा ल्याएको मात्रै छैन कि देशमा हुने भ्रष्टाचार, अनियमिता, दुव्र्यसनी लगायतलाई रोक्न एक खम्बाको रुपमा भूमिका निर्वाह गरेको छ । नागरिकले पाउने सूचना कसैले नदिएमा त्यसलाई आयोगले दिलाउने कार्य गर्नु अर्को महत्वपूर्ण कदमको रुपमा लिइएको छ । आयोगकै पहलमा हाल प्रत्येक कार्यालयमा सूचना अधिकारी कै रुपमा कर्मचारीको व्यवस्था गरेको हुनाले सम्पूर्ण नागरिकले आफुलाई आवश्यक सूचना निर्धक्क रुपमा लिन आग्रह समेत गरेको छ । यदि कसैले सूचना नदिएमा आयोगमा तुरुन्तै जानकारी गराएमा कानुनी कारवाही समेत अघि बढाउने जानकारी गराउँदै आएको छ ।

नेपालमा लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै स्थापना भएको राष्ट्रिय सूचना आयोगले मानिसले पाउने नैसर्गिक सूचनाको अधिकारलाई धेरैमात्रामा स्थापना गराउन सफल भएको हो । आफ्नो स्थापनासँगै आयोगले मानिसको सूचनाको हकलाई संविधानमा नै स्पष्ट रुपमा समावेश गर्न सफल बनाउनु आयोगको सवैभन्दा महत्वपूर्ण कदमको रुपमा लिइन्छ ।

संविधानले नै प्रत्याभुत गरेको नागरिकले पाउने सूचनाका हक तथा अधिकार कै कारण आज आम नागरिकले विश्वलाई एउटा सानो कोठामा नै सिमित बनाउन सफल भएका छन् ।

यसै सवालमा आयोग स्थापनासँगै नेपालका कुनै पनि सरकारी तथा गैरसरकारी संस्थाहरुमा सामान्य नागरिकले सूचना पाउने वातावरण सिर्जना भएको छ । देशको शान्ति सुरक्षामा खलल् पुर्याउने, अनुसन्धानमा अवरोध पुग्ने, गोपनियता भंग हुने लगायतका पाँचवटा सूचना बाहेक सवै सूचनाहरु नागरिकले जानकारी लिन पाउने संवैधानिक प्रावधान अनुरुप अघि बढेमा देशमा हुने कुन पनि प्रकारका हत्य, हिंसा, बलत्कार, मानव बेचविखनको न्युनीकरण मात्र नभई देशको विकास र समृद्धि, आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह हुने आयुक्त यशोदा तिम्सिना बताउनुहुन्छ ।

आयोगले आयोजना गरेको जलपान कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलिया, विभिन्न निकायका कर्मचारी, प्रहरी, नेपाली सेना, पत्रकार लगायत सरोकारवाला निकाय तथा स्थानीय नागरिकको सहभागीता रहेको थियो ।

आफ्नो स्थापना दिवशको अवसरमा आज प्रभातफेरी तथा जलपान कार्यक्रम आयोगको प्राङ्गणमा आयोजना गरेको छ ।