राजनीति

आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश



काठमाडौँ, २० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन पेश गरेको छ । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेश गरेका हुन् । 

वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ प्रदेशसभा ‘क’ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो । राष्ट्रपति पौडेलले सो प्रतिवेदन बुझ्दै नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनले निर्वाचन आयोगलाई दिएको जिम्मेवारी निर्वाह गर्ने क्रममा आयोगले खेलेको भूमिकाप्रति आफू खुसी भएको भन्दै धन्यवाद दिएका थिए ।