राजनीति

महानगरीय प्रहरी प्रमुख र अपराध महाशाखामा उत्तम सुवेदी र सहकुल थापा



काठमाडौँ, २३ बैशाख । प्रहरी प्रधान कार्यालयले काठमाडौँ प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।

गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनीहरुलाई सरुवा गरिएको हो । प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौँको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् भने एसएसपी सहकुल थापालाई अपराध महाशाखाको प्रमुख बनाइएको छ ।

काठमाडौँ प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण ब्युरोमा सरुवा भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी उत्तम सुवेदी आएका छन् ।

अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहलाई प्रधान कार्यालय अन्तर्गत तालिम सेवा निर्देशनालयमा सरुवा गरिएको छ ।