राजनीति

बाबुराम र उपेन्द्रको नयाँ पार्टी ‘समाजवादी पार्टी, नेपाल’को घोषणा



काठमाडौँ, २३ बैशाख । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज औपचारिक रुपमा समाजवादी पार्टी नेपाल’को घोषणा भएको छ ।

संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । सभामा नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् ।

उक्त सहमति पत्रमा भनिएको छ, ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ । संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ ।’