राजनीति

मेरो सरकार भन्दा विरोध गर्नु सामन्ती चिन्तन : प्रधानमन्त्री ओली



काठमाडाँ, २४ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरिएको ‘मेरो सरकार’ भनेको विषयमा विरोध गर्नु सामन्ती चिन्तन भएको बताउनुभएको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारलाई मेरो सरकार भनेर राष्ट्रपतिले अपनत्व दिएको बताउनुभयो । सामान्त चिन्तन एउटा अहम भएको र अर्को अर्को इगो, अहम सबै सिद्धिएको हिनग्रन्थी हुने भन्दै उहाँले भन्नुभयो, ‘जन्मसिद्ध श्रेष्ठता भएकाले मेरो सरकार भन्ने ठीक हो तर, जनताले छानेकाले कसरी भन्नु । यो भनेको जननिर्वाचितहरुको गरिमा त्यस्तो भन्ने हैसियतकै होइन । त्यो त कमजोर हैसियतको हो भन्ने सामन्त चिन्तन हो । ठूलाठूला नेताहरुलाई ब्रिटिस महारानीको गन्ध आयो । मलाई बौद्धिक दिवालिया पन देख्दा दया लाग्छ । यति साह्रो बौद्धिक दिवालिया पन हुनु हुँदैन ।’

सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भनेपछि भइरहेको बहस अनौठो भएको बताउँदै उहाँले राज्य संयन्त्रको सर्वोच्च निकाय राष्ट्रपति भएकाले जुन सरकार बन्छ, त्यो राष्ट्रपतिको सरकार हुने बताउनुभयो । मेरो देश भन्नुको अर्थ अरुको होइन भन्ने नहुने भन्दै उहाँले भन्नुभयो, ‘यो भनेको मेरो मात्र निजी भनेको हो र रु एउटा राष्ट्रय सामुहिक भाषाको सर्वोच्च अभिव्यक्ति हो ।’