राजनीति

नेपालका लक्ष्य पूरा गर्न सघाउने जापानको प्रतिबद्धता



काठमाडौँ, २४ वैशाख । जापानी विदेशमन्त्री योको कामीकावाले आर्थिक विकासमा नेपालले राखेको लक्ष्य पूरा गर्न जापान सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

नेपाल–जापान द्विपक्षीय सम्बन्ध विस्तार र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्नेमा जोड दिँदै एकदिने भ्रमणका लागि आइतबार आएकी मन्त्री योको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटपछि उनले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय छलफलसमेत गरेकी थिइन् ।

राष्ट्रसंघको पुनःसंरचनाको विषयका साथै राष्ट्रसंघमा उम्मेदवारी दिँदा एकले अर्कोलाई सहयोग गर्नेबारे पनि छलफल भएको छ । भेटवार्तामा नेपाल र जापान सम्बन्धको विविध पक्षलगायत विषयमा छलफल भएको छ । उनले अन्य कुनै पनि सम्झौता र समझदारी भएको छैन ।

त्यसक्रममा द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायतका विविध विषयमा छलफल भएको छ । त्यस अवसरमा जापानी विदेशमन्त्री योकोले नेपाल–जापानबीच सम्बन्ध सदैव सौहार्दपूर्ण रहँदै आएको बताइन् । उनले दुई देशबीच रहिआएको समस्यारहित मित्रवत् सम्बन्धलाई आगामी दिनमा अझ बलियो बनाएर लैजानुपर्नेमा जोड दिइन ।

उनले राष्ट्रपति पौडेलसँग नेपालको विकास र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महसुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गरे ।

भेटमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापान पनि चिन्तित रहेको उल्लेख गरिन् । उनले नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताइन् । उनले सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताइन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने उल्लेख गरिन् ।