समाचार

प्रहरी-सिभिल अस्पताल समन्वय समिति गठन : स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाईने



काठमाडौँ, २४ बैशाख । निजामति कर्मचारी (सिभिल)अस्पताल मिनभवनको उपचार सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै समुदाय र प्रहरीसंग मिलेर स्वास्थ्य सम्वन्धि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले सोमबार २१ सदस्यीय प्रहरी-सिभिल अस्पताल समन्वय समिति गठन गरियो ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको आयोजना तथा सामुदायीक प्रहरी सेवा १० र ३१ को संयुक्त सहकार्यमा वृत्तका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्दराज काफ्ले तथा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.दीर्घराज आर.सी.को उपस्थितिमा सो समिति गठन गरिएको हो ।

सामुदायीक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा.डा.बासुदेव त्रिपाठीको संयोजकत्वमा गठित समन्वय समितिका सदस्यहरुमा सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा.दीर्घराज आर.सी, नयाँबानेश्वर वृत्तका प्रमुख, डिएसपि गोविन्दराज काफ्ले, अरनिको टेलिभिजनका सह-सम्पादक (पत्रकार) बलराम प्यासी, काठमाडौं महानगरपालिका ३१ का वडासदस्य रमेश सत्याल, सामुदायीक सेवा केन्द्र ३१ का उपाध्यक्ष बसन्त श्रेष्ठ, महासचिव कुमार पोखरेल, सचिव अधिवक्ता गणेश केसी, सामुदायीक सेवा तथा विकास समाज कोटेश्वरका महासचिव रविन्द्र थापा, सामुदायीक सेवा केन्द्र १० का महासचिव अशोक कार्की, सिभिल अस्पतालकी प्रशासकिय अधिकृत रञ्जना नेपाल, महानगर प्रहरी निरीक्षक शिवलाल पौडेल छन ।

वृत्तको सामुदायीक विकास शाखाका प्रहरी नायव निरीक्षक सुरेन्द्र विक्रम बर्ताैला सदस्यसचिव रहेको उक्त समितिका अन्य सदस्यहरुमा सिभिल अस्पतालका प्रशासन सहायक कञ्चन राज गिरी, सोही अस्पतालकी स्टाफ नर्स माया अधिकारी, अस्पतालको सुरक्षा शाखाका तोयानाथ पौडेल, सामुदायीक प्रहरी सेवा ३२ कोटेश्वरका प्रमुख, प्रहरी सहायक निरीक्षक राजेन्द्रसिंह पुजारा, १० का प्रमुख प्रहरी हवल्दार ताराराम दयाल, सामुदायीक सेवा केन्द्र ३१ की सदस्य विष्णुकुमारी खड्का, सामुदायीक प्रहरी सेवा ३१ की प्रहरी हवल्दार चमेली पासवान, नयाँबानेश्वर वृत्तका प्रहरी हवल्दार दिपक सुवेदी र महानगरको ३१ वडाको शहरी स्वास्थ्य क्लिनीककी एकजना स्वास्थ्य स्वयमसेविका सदस्य छन ।

यही बैशाख २९ गतेदेखि राजधानीका १० वटा सरकारी अस्पतालको एकसय मिटर वरीपरि सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउन महानगरीय प्रहरी परिसर काठमाडौंले शुरु गर्न लागेको अभियानलाई सफल बनाउन प्रहरी-सिभिल अस्पताल समन्वय समितिले बैशाख २९ गते विहान अस्पताल परिसरबाट भव्य रुपमा र्याली तथा जचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।