विश्व

म्यानमानरमा रोहिंग्याको रिपोर्टिङ गरेका दुई पत्रकार रिहा



जेन्सी, २४ बैशाख । म्यानमानरले रोहिंग्याको रिपोर्टिङ गरेका दुई पत्रकारलाई रिहा गरेको छ ।

रोयटर्सका अनुसार मंगलबार अन्तर्राष्ट्रिय समुदाय र कूटनीतिक क्षेत्रको व्यापक दबावपछि रिहा गरेको जनाएको छ । राज्यको गोप्यता भंग गरेको आरोपमा जेल परेका लने र क्याव साई रिहा गरेको हो ।

सात वर्षको सजाय सुनाइएका दुवै पत्रकारलाई राष्ट्रपति विन मिन्टले आममाफी दिएका हुन । २०१७ डिसेम्बरमा पक्राउ परेका उनीहरू पाँच सय दिन भन्दा बढी जेलमा बसे । रोयटर्समा कार्यरत उनीहरूले १० लाख रोहिंग्या मारिको ‘राखिने’ प्रान्तमा खोजमुलक रिपोर्टिङ गरेका थिए ।