विश्व

ग्वाटेमालाको जेलमा गोली हानाहान हुँदा ७ जनाको मृत्यु



एजेन्सी, २५ बैशाख । ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटी नजिकै रहेको जेलमा गोली हानाहान हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

ग्वाटेमाला सिटी भन्दा करिब १५ किलोमिटर टाढा रहेको पाभोन जेलमा दुई बन्दीबिचको विवाद बढ्दै गएर गोली हानाहानको अवस्था आएको बताइएता पनि पुष्टि भएको छैन । गोली चल्नु अघि कैदीहरुबीच तीब्र भनाभन भएको प्रहरीको दाबी छ ।

घाइतेहरुको उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । कारागारको अवस्था नियन्त्रणमा लिन र हिंसा भड्किन नदिन १ हजार ५ सयभन्दा प्रहरी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।

उक्त घटनाबारे अहिले अनुसन्धान सुरु भइरहेको अधिकारीहरुले बताएका छन् ।