समाचार

प्रहरी अधिकृतलाई साइबर अपराध तालिम



पोखरा, २७ बैशाख । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालिम केन्द्रद्वारा प्रहरी अधिकृतलाई छैटौं समूहको साइबर अपराध तालिम दिइएको छ ।

तालिममा २९ प्रहरी अधिकृत सहभागी रहेका थिए । साइबरका माध्यमबाट हुने अपराध तथा घटनाहरुबारे प्रहरीलाई सहज रुपमा रोक्न एवं पत्तालगाउन सक्ने किसिमको तालिम दिइएको हो ।

गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले प्रविधिको प्रयोगले अनुसन्धान वास्तवमै चुनौतीपूर्ण बन्दै गइरहेको बताए ।

तालिममा सहभागीलाई प्रमाणपत्र दिँदै उनले त्यस्ता घटना न्युनिकरणका लागि एवं अनुसन्धानका लागि तालिमले सजिलो पार्ने जनाएका छन् ।