समाचार

गाँजासहित दुई जना पक्राउ



काठमाडौँ, २७ बैशाख । सर्लाहीबाट एक क्विन्टल गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार साँझ लागुऔषध नियन्त्रण ब्युरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले लालबन्दी नगरपालिका–४ गंगटेका ३३ वर्षीय कान्छा योन्जन र प्रगन सहनी योन्जनलाई घरबाट ८० किलो गाँजा र २० किलो चिप्पड सहित पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।