सम्पादकीय

युवकले आफ्नै छातीमा प्रहार गरे पेस्तोल



मोरङमा एक युवकले आफ्नै छातीमा पेस्तोल प्रहार गरेका छन्। जिल्लाको कटहरी गाउँपालिका १ राजवंशी चोकमा २५ वर्षीय अन्स सिंह भनिने रुपेश कामतले आफैंलाई पेस्तोल प्रहार गरेका हुन् ।

आफ्नै दिदीको घरमा भाइसहित बस्दै आएका उनले शुक्रबार राति ९ बजे घरमा कोही नभएको बेला अाफैमाथि पेस्तोल प्रहार गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार उनी पेस्तोल प्रहार गरेपछि घाइते भएका उनी आफैले प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै प्रहरी घटनास्थल पुगेको र उनलाई गम्भिर अवस्थामा कोशी अस्पताल विराटनगर लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल अस्पताल लगिएको बताइएको छ । उनी के कारणले घटना भयो र पेस्तोल कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।