समाचार

सडक सुरक्षा : महानगरको फोटो प्रदर्शनी शुरु



बलराम प्यासीको तस्वीरलाई १० हजार नगद पुरस्कार

काठमाडौँ, २८ बैशाख । काठमाडौं महानगरपालिकाले शहरी यातायात सुधार र सडक सुरक्षासम्वन्धि शुक्रबारदेखि तीनदिने फोटो प्रदर्शनी शुरु गरेको छ ।

सडक सुरक्षासम्वन्धि खुल्ला तस्वीर प्रतियोगितामा विजयी भएका ६ वटा तस्वीरका साथै सडक दुर्घटना, ट्राफिक नियमको पालना र नागरिक सचेतना गरी ३ विधाका सहित एकसयवटा तस्वीर प्रर्दशित छन ।

महानगरको शहरी योजना आयोगबाट आयोजित सडक सुरक्षा सम्बन्धि खुल्ला तस्वीर प्रतियोगितामा मिनरत्न बज्राचार्य, मीन लामा र प्रविण कोइरालाको तस्वीरले पहिलो, दोस्रो र तेस्रो पुरस्कारको साथै बलराम प्यासी, मिशन जिसी र रमेश गिरीको तस्वीरले सान्त्वाना पुरस्कार जितेका छन । अरनिको टेलिभिजनका सहसम्पादक प्यासीले २०६७ माघ १९ गते बुधबार भक्तपुरको गठ्ठघरमा भएको सडक दुर्घटनाको तस्वीरले सान्त्वना पुरस्कार जितेको हो ।

पहिलो, दोस्रो र तेस्रो तस्वीरलाई नगद २५ हजार, २० हजार र १५ हजारको साथै सान्त्वना हुने तस्वीरलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने महानगरपालिकाले जनाएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले विकद्यालय उमेरका वालवालिका र युवालाई दुर्घटनामा जोगाउन सकियो भने सडक सुरक्षाको अवस्थामा सुधार आउने र दुर्घटनाले व्यक्ति, परिवार र समाजमा क्षति पु¥याउने बताए । स्थानीय सरकार भएको नाताले विगतमा सडक सुरक्षाका कार्यक्रम ट्राफिक प्रहरीले मात्र गर्ने गरेकोमा यसवर्षदेखि महानगर आफैंले शुरु गरेको बतँए ।

सो अवसरमा सहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले सडक सुुरक्षामा तीनवटा इ अर्थात इञ्जिनियरिङ्, इन्फोर्समेन्ट र एजुकेसनको सुत्र लगाएर काम गर्नुपर्ने उल्लेख गर्दै प्रदर्शनीले सबैलाई सडक सुरक्षाबारे शिक्षा दिने बताए । सो कार्यक्रममा ट्राफिक प्रहरी उपरीक्षक जयराज सापकोटाले महानगरको नेतृत्वमा ट्राफिक व्यवस्थापन र सडक सुरक्षामा काम थालेपछि चाँडो परिणाम आउने बताए ।