समाचार

साझाका २० नयाँ बस काठमाडौँमा



काठमाडौँ, २८ बैशाख । काठमाडौँमा साझा यातायातले किनेका थप २० वटा बस आइपुगेका छन् ।

साझा यातायातसहित काठमाडौँ तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा ल्याइएको बस केही हप्ताभित्रै काठमाडौँमा चल्न सुरु गर्ने साझा यातायातले जनाएको छ ।

साझाका अनुसार काठमाडौँको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको जनाएको छ । यी बस पनि अन्तर्राष्ट्रिय युरो-४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ ।

जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।