विश्व

अस्ट्रेलियामा आम निर्वाचनका लागि मतदान शुरु



एजेन्सी, ४ जेठ । अस्ट्रेलियामा आम निर्वाचनका लागि मतदान शुरु भएको छ ।

अनिवार्य भोटिङको व्यवस्था रहेको अस्ट्रेलियामा १ करोड ६४ लाख मतदाता रहेका छन् । यसपटकको निर्वाचनमा विपक्षी दल लेबर सत्तामा पुग्ने संभावना रहेको निर्वाचनका मत सर्वेक्षणहरुले देखाएका छन् । लेबर पार्टीको चुनावी अभियानको नेतृत्व बिल सोर्टेनले गरेका छन् ।