विश्व

अमेरिकाले पानी जहाज चोर्यो : उत्तर कोरिया



एजेसी, ४ जेठ । उत्तर कोरियाले अमेरिकालाई अवैधानिक रुपले पानीजहाज चोरेको आरोप लगाएको छ ।

वाइज अनेस्ट नामक सो पानीजहाज इन्डोनेशियाको जलक्षेत्रबाट अमेरिकाले कब्जामा लिएको उत्तरकोरियाले आरोप लगाएको हो । उत्तर कोरियाको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो देशलाई दबाव दिई आत्मसमर्पण गराउने प्रयास गरेको आरोप समेत लगाएको छ ।

गत हप्ता अमेरिकाको न्याय मन्त्रालयले कोइला बोक्ने पानीजहाज प्रयोग गरेर प्योङ्याङले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लङ्घन गरेको दाबी गरेको थियो ।