विश्व

मेस्सीको २ मिनेटमा २ गोल



एजेन्सी, ६ जेठ । स्पेनिस ला लिगा अन्तर्गत अन्तिम खेलमा बार्सिलोना एइबारसँग भएको खेलमा २-२ को बराबरीमा रोकिएको हो ।

नेपाली समय अनुसार आइतबार राति भएको एइबारको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले खेलको पहिलो हाफमा नै गोल गरेका थिए । बार्सिलोनाको लागि कप्तान मेस्सीले दुई गोल नै गरे भने एइबारको लागि मार्क कुकुरेल्ला र पाब्लो डे ब्लासिसले गोल गरे ।

बार्सिलोनाले शीर्षस्थानमा ३८ खेल खेल्दै ८७ अंक जोड्दै लिगको अन्त्य गरेको छ भने दोस्रो स्थानको एटलेटिको ११ अंक पछाडी रहेको छ ।