समाचार

साँझमा क्षणिक वर्षा : तातो हावाका कारण तराईको जनजीवन प्रभावित



काठमाडौँ, ६ जेठ । सोमबार बेलुका देशको पहाडी भेगमा बद्ली भई मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशको अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने बताइएको छ ।

यस्तै तराईका क्षेत्रमा मात्र नभई देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ । गर्मी बढ्दै जाँदा दिउँसोको समयमा स्थानीयहरु घर बाहिरसमेत निस्कन सकेका छैनन् ।