समाचार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु



चितवन, ६ जेठ । नारायणग–मुग्लिन सडकखण्डमा आइतबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–८ का ३० वर्षीय अनुप खड्काको दुर्घटनामा परी मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, बा ७७ प ६६६३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ५९७१ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक खड्कालाई उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिए पनि त्यसका चालक फरार छन् ।