Banner News

तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था छैन : मन्त्री पण्डित



काठमाडौँ, ८ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले करारमा रहेका कर्मचारीलाई तत्काल हटाउने व्यवस्था नरहेको बताएका छन ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा करारमा रहेका कर्मचारीलाई तत्काल हटाउने व्यवस्था नरहेको बताए ।

उनले सबै कर्मचारीलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको र अल्छिपना देखाउने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी समेत दिएका छन ।