Banner News

आजदेखि तेस्रो लगानी सम्मेलन (कार्यक्रम तालिकासहित)



काठमाडौँ, १६ वैशाख । आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ ।

लगानी बोर्डले सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ । बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको निम्तो दिएको थियो ।

त्यसमध्ये १६ सय जना सहभागी हुने भएका छन् ।  यसै सन्दर्भमा सम्मेलनको कार्यक्रम तालिका समेत सार्वजनिक भएको छ । कार्यक्रम तालिकाअनुसार आज बिहान ८ः ३० देखि ९ः ३० सम्म सहभागीहरुको नाम दर्ता गरिने, ९ः ३० बजे कार्यक्रम उद्घाटन हुने जनाइएको छ ।