Banner News

सम्झौता अनुसार नै सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन एकीकरणका बेलाको सम्झौता अनुसार नै हुने बताएका छन ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमवार बेलुका ब्रिटेनको अक्स्फोर्ड विश्वविद्यालयमा विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सरकारको नेतृत्व परिवर्तनबारे पार्टीले निर्णय गर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारूढ दलले निर्णय गरेअनुसार हुने बताउदै उनले  नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गरेका छन ।

बेलायत पुगेका प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसंगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराईलगायत रहेका छन् ।