राजनीति

प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठद्वारा राजीनामा



बुटवल, २ असार । प्रदेश ५ योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ । उहाँले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजिनामा दिनुभएको हो ।

श्रेष्ठले जेठ १४ गते नै राजीनामा दिएको भए पनि बजेट सार्वजनिक गर्नु अघि गोप्य राखिएको थियो । डा. श्रेष्ठको आज औपचारिक बिदाई हुँदैछ ।

नेपाल राष्ट्र बैकको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुन: राष्ट्र बैक नै फर्कने भएपछि योजना आयोगबाट राजिनामा दिनुभएको हो ।