विश्व

इजरायलद्वारा नयाँ बस्ती ‘ट्रम्प हाइटस्’ निर्माण गर्ने



एजेन्सी, २ असार । इजरायलले ‘ट्रम्प हाइटस्’ नामक नयाँ बस्ती बनाउने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको सम्मानका लागि निर्माण गर्न लागिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा नयाँ बस्तीको उद्घाटन गरेका छन ।

आइतबार आयोजित कार्यक्रममा बोल्दै नेतान्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पले गोलन क्षेत्रमा इजरायली सम्प्रभुतालाई मान्यता दिएकाले सो बस्तीको नाम ‘ट्रम्प हाइटस्’ राखिएको बताए । उक्त बस्तीमा अमेरिकी र इजरेली झण्डा अङ्कित सङ्केतचिह्न राखिएको छ ।