विश्व

प्रेमिकाद्वारा एसिड प्रहार



एजेन्सी, २ असार । भारतमा प्रेमीले बिहे गर्न नमानेको भन्दै प्रेमिकाले एसिड प्रहार गरेकी छन् ।

नयाँ दिल्लीस्थित विकासपुरीमा अघिल्लो साताको मंगलबार दिउँसो एसिड आक्रमण गरेकी १९ वर्षीया युवतीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

युवक मोटरसाइकल चलाइरहेका थिए र बाइकमा पछाडि तिनै युवती थिइन् । युवकले बिहे गर्न अस्वीकार गरेपछि रिसाएकी युवतीले एसिड आक्रमण गरेको स्वीकार गरेकी छन् ।

प्रहरीले सोधपुछ गर्दा युवतीले प्रेमीको अनुहार बिगारेर अरू कुनै केटीले उसलाई मन नपराऊन् भन्ने उद्देश्य लिएको बताइन् । त्यसपछि युवकले उनैलाई विवाह गर्लान् भन्ने युवतीको आशा थियो । अहिले उनी आफ्नो कामको पश्चात्ताप गरिरहेकी छन् ।