राजनीति

गृहमन्त्रालयद्वारा भारतीय गाडी चेकजाँच नगरी नेपाल छिर्न दिन निर्देशन



काठमाडौँ, २ असार । भारतबाट नेपाल भित्रिने गाडी चेकजाँच नगरी नेपाल छिर्न दिन गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै मालवाहक गाडी चेकजाँच गर्दा ट्राफिक प्रहरीले दुःख दिने गरेको गुनासो आएको भन्दै निर्दशन दिएको जनाएको छ । मन्त्रालयस्तरको जारी विज्ञप्तीमा झापा, मोरङ, सुनसरी र सप्तरीलगायत तराईका २२ जिल्लाहुँदै उद्योगका लागि कच्चा पदार्थ बोकेर नेपाल भित्रिने एवं मालवाहक गाडीहरुलाई नियामक निकायको अनुमति र समन्वयबिना नरोक्न निर्देशन दिएको छ ।

गृहले पठाएको पत्रमा प्रहरीबाट ओभरलोड भनेर ट्रक र ट्रेलहरुलाई दुःख दिने, जरिवाना तिराउने, हैरानी दिने र २–३ दिनसम्म रोकेर राख्ने गरेको पाइएको भन्दै अबदेखि जाँच नगर्नु भनिएको छ ।

विज्ञप्ती