समाचार

घुससहित दुई इन्जिनियर पक्राउ



काठमाडौँ, ४ असार । भोजपुरबाट २ जना इन्जिनियर ७० हजार घुससहित पक्राउ परेका छन् ।

हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ किराँत र सव-इन्जिनियर नइन्द्र पारोहाङलाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएएको टोलीले घुससहित पक्राउ गरेको जनाएको छ  ।

पक्राउ परेका उनीहरुले बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको र इन्जिनियर मिसुहाङबाट ५० हजार, सव-इन्जिनियर नइन्द्रबाट घुसवापतको २० हजार रुपैयाँ बरामद गरेको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।