Banner News

मानिस स्वस्थ रहनका लागि योगलाई निरन्तरता दिन आवश्यक : प्रधानमन्त्री ओली



काठमाडौँ, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिस स्वस्थ रहनका लागि योगलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसका कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए ।

उनले भने, ‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो । मानिस स्वस्थ रहनका लागि योगको निरन्तरता जरुरी छ ।’

लोभ, मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताउदै उनले भने,  ‘यस्तो ज्ञान भूमिमा बस्ने हामी केही समय पछि परेका हौं, तर अब त्यो अवस्था रहँदैन ।’