समाचार

चक्कुले घाँटी रेटेर एक महिलाको हत्या



उदयपुर, ९ असार । उदयपुरको कटारी नगरपालिका – ४ मरुवाकी २० वर्षीया लक्ष्मी राईको घाँटी रेटी हत्या भएको हो ।

आइतबार ३० वर्षीया सीता राईले लक्ष्मीको घाँटी रेटी हत्या इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीका अनुसार हत्या भएकी लक्ष्मी सीताकी सौता हुन् । सीतामाथि सौता आएपछि उनको मानसिक अवस्था ठिक नभएको जनाइएको छ ।

सीतालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।