समाचार

करेन्ट लागेर एक जनाको मृत्यु



रौतहट, ९ असार । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान गौर नगरपालिकामा खेतमा मोटर लगाइ पानी लगाउने क्रममा  मोटरको तारबाट करेन्ट लागेर  सिर्सिया निवासी ४० वर्षीय रामचन्द्र पासवानको मृत्यु भएको हो ।

करेन्ट लागेर  घाइते  भएका उनलाई उपचारको लागि अस्पताल  लैजादै गर्दा बाटोमा  मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ।

उक्त घटनाको सुचना लगतै जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृतसहितको टोलीले शव पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा राखिको जनाएको छ ।