समाचार

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु



पर्वत, ९ असार । पर्वतमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने  चार जना घाइते भएका छन् ।

आइतबार दिउँसो महाशिला गाउँपालिका-५ लुङ्खुदेउरालीमा  कुश्माबाट बालकोट जाँदै गरेको ग२च७१२८ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मत्यु हुनेमा पर्वत जिल्ला महाशिला-३ का ५० वर्षीय कृष्णगोपाल गुरुङको मृत्यु भएको छ भने एक महिलाको पहिचान खुल्न सकेको छैन ।

त्यसैगरी घाइतेहरुमा  चालक ३५ वर्षीय प्रविण गुरुङ,  ३३ वर्षीय लक्ष्मी राना,  ३५ वर्षीय दिपक गुरुङ र २८ वर्षीय  खुम बहादुर गुरुङ रहेका छन् । उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।