विश्व

इन्डोनेसियामा शक्तिशाली भूकम्प



एजेंसी, ९ असार । इन्डोनेसियाको तानिम्बार टापुमा ७।३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार सोमबार गएको भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो । उक्त भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ ।

भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ । आजको भूकम्प विश्वमै धेरै भूकम्प जाने ‘रिङ्ग अफ फायर’ क्षेत्रमा भएको हो ।