राजनीति

गाडी र करको विवाद : उपप्रमुखद्वारा नगरपालिकामा ताला



महोत्तरी, १० असार । रामगोपालपुर नगरपालिकाको कार्यालयमा मेयरसँग उपमेयरको गाडी र करको विषयमा विवाद हुँदा उपप्रमुखद्वारा तालाबन्दी गरिएको छ । नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गर्नुभएको हो ।

आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना तर्जुमा कार्यक्रम अगाडि बढ्न नसकेको तथा प्रमुखले केही वडाध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपप्रमुख साहले बताउनुभयो ।

सरकारी गाडीलाई उपप्रमुखले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख मण्डलले रेडियो बताउनुभयो । उपप्रमुखले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गर्दै आएको नगरप्रमुख मण्डलको आरोप छ ।