राजनीति

ट्रकको ठक्करबाट कांग्रेस नेता अधिकारीको मृत्यु



चितवन, १० असार । नवलपुरको गैँडाकोट नगरपालिका २ इलाका प्रहरी कार्यालय अगाडि ट्रकले ठक्कर दिँदा मोटरसाइलमा सवार नेपाली कांग्रेसका नेता तिलचन्द्र अधिकारीको मृत्यु भएको छ ।

सोमबार राति भएको दुर्घटनामा परि मृत्यु हुने अधिकारी नेपाल विद्यार्थी संघ चितवन साविक क्षेत्र नम्बर ४ का पूर्वसभापति हुन् । गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना २७ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर घाइते भएका अधिकारीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रकका चालकचालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।