विश्व

अमेरिकाले इरानलाई लगायो प्रतिबन्ध



एजेन्सी, १० असार । अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गरेका छन । प्रतिबन्धको निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ ।

नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि ट्रम्पले ह्वाइटहाउसमा भने, ‘इरानका सर्वोच्च नेता नै उनको सरकारबाट भएका सबै कामको जिम्मेवार छन् । उनलाई उनको देशमा धेरै सम्मान दिइन्छ । उनीअन्तर्गत सबैभन्दा खतरनाक चिजहरु हुन्छन्, जसमा इस्लामिक रिभोलुस्नरी गार्डस्का सेना पनि छ । यी प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उनीसँग सम्बन्धित व्यक्तिहरु सबै प्रकारको वित्तीय सहयोगबाट बन्चित हुनेछन् ।’

इरानका विदेशमन्त्री जावेद जरीफले ट्वीट गरेर प्रतिबन्धलाई अमेरिकाको घृणित कूटनीति भनेका छन् । उनले लेखेका छन्, ‘ट्रम्प प्रशासन युद्धको प्यासी छ ।’