विश्व

अमेरिकामा विमान दुर्घटना हुदा सवार सबैको मृत्यु



एजेन्सी, १६ असार । अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुदा सवार सबैको मृत्यु भएको छ ।

आइतबार बिहान दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान दुर्घटनामा सवार १० जनामध्ये सबैको मृत्यु भएको हो ।

उक्त विमानले एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गरेलगत्तै विमानमा आगो लागेको बताइएको छ ।

फेडेरल एभियशन एडमिनिस्ट्रेशन ९एफएए० का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । स्थितीलाई नियन्त्रणमा ल्याउन धेरै समय लाग्यो जसमा विमान भित्रका सबै १० जनाको ज्यान गयो ।