विश्व

जापानी दूतावास बाहिर एक कोरियाली नागरिकद्वारा आत्महत्या



एजेन्सी, ३ साउन । जापानी राजदूतावास बाहिर एक जना कोरियाली नागरिकले आफैँलाई आगो लगाएर आत्महत्या गरेका छन् ।

दक्षिण कोरियाको राजधानी सियोलस्थित जापानी राजदूतावास बाहिर करिव ७० वर्षका एक कोरियाली वृद्धले आत्महत्या गरेका हुन् ।

कोरियाली प्रहरीले जापानी राजदूतावासको अघिल्तिर पार्क गरिएको कारमा आगो लागेको थियो । जहाँ उनीमाथि पनि आगो लागेको थियो । आगो लगाएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले कारभित्र २० वटा ग्यास सिलिन्डर पनि फेला परेको बताएको छ ।