राजनीति

यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्छौ : महानिरिक्षक खनाल



काठमाडौँ, ३ साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ ।

शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले जनताको लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने बताउनुभयो ।

उहाँले यातायात क्षेत्रमा रहेको समस्या समाधान गर्न नेपाल प्रहरी सधैं साथ र सहयोग गर्न तयार रहेको बताउँदै यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरुलाई सचेत गराउनुभयो ।

सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई सचेत हुन आग्रह गर्दै उहाँले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । उहाँले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खवर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गनुभयो ।