समाचार

भक्तपुर प्रहरीद्वारा जुवातास पछि मदिरा नियन्त्रणमा व्यापक कडाई : ३३ लिटरभन्दा बढी मदिरा नष्ट



भक्तपुर, १९ साउन । भक्तपुरमा नयाँ प्रहरी प्रमुख सविन प्रधानको आगमनसँगै जुवा तस तथा मदिरा नियन्त्रणको प्रयास व्यापक मात्रामा तिव्र बनाइएको छ ।

शनिवार सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थिती गुण्डु स्थित माइला तामाङको भट्टी पसलबाट तयार पार्न लागिएको लोकल मदिरा करिव २ हजार ९० लिटर तथा तयार पारिएको करिव १ सय लिटर मदिरा नष्ट गरिएको छ । त्यस्तै रामेछाप घर भई हाल गुण्डुमा अवैध मदिरा भट्टी सञ्चालन गर्दै आएकी शान्ती राईका भट्टी पसलबाट तयार पारिएको करिव १२ सय लिटर मदिरा नष्ट गरिएको छ ।

गुण्डुको भिम प्राथमिक विद्यालयभन्दा केही तलको फाँटमा कृषि पेशा गर्ने भन्दै जग्गा भाडामा लिई उक्त स्थामा लोकल मदिरा उत्पादन (भट्टी पसल सञ्चालन) गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उक्त ठूलो परिमाणमा मदिरा फेला परेको हो । उक्त दुई भट्टी सञ्चालक भने हाल फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त दुई भट्टी पसललाई शिलवन्दी समेत गर्ने भएको छ । त्यसको साथै साथै प्रहरीले अवैध मदिरा विक्रि वितरणलाई कडाई गर्दै नियन्त्रणमा लिने समेत बताएको छ । अवैध रुपमा मदिरा विक्रि वितरण तथा भट्टी सञ्चालन गर्ने जो कोहीलार्इं कानुनी दायरामा ल्याउने समेत प्रहरीले जनाएको छ ।

प्रमुख एसपी प्रधानको नेतृत्वमा भक्तपुरका गल्ली गल्लीमा जिल्लामा संचालित जुवा अखडामा ब्यापक छापा मार्ने क्रम शुरु भएको छ । भक्तपुर जिल्लाका विभिन्न भागमा लुकिछिपी जुवा अखडाहरु गोप्य स्रोतका अनुसार जानकारी भएपश्चात एसपी प्रधानले आफनो प्रहरी फोर्सलाई व्यापक रुपमा परिचाल गरी भक्तपुरमा हुने विकृति तथा विसंगतीलाई अन्त्य गराउन व्यापक रुपमा शुरु गर्नुभएको छ ।

जुवा खेल्ने खेलाउने नै पेशा बनाएर भक्तपुरमा सक्रिय रहँदै आएका चुप्पी भन्ने मोहन बहादुर शाही प्रहरीको अप्रेसनमा भाग्न सफल भएका छन् । जिप्रका र मातहतका वृत्तका घुमुवाहरूलाई मासिक रकम दिएर आफ्नो जुवाको अवैध कारोवारलाई संरक्षण गरिरहेका चुप्पीले ठूलो र संगठितरूपमा जुवा खेलाउँदै आएका थिए ।

भक्तपुरको सल्लाघारीबाट दुवाकोट जाने बाटोमा रहेको रातो घरमा उनले नियमित रूपमा ठूलो जुवा अखडा सञ्चालन गरिरहेका थिए । उनको त्यो जुवा अखडालाई मिनी क्यासिनोका रूपमा समेत लिने गरिन्छ । चुप्पीले घुमुवाहरूलाई प्रयोग गर्दै जुवा खेलाएको समाचार विभिन्न सञ्चारमाध्यममा बारम्बार प्रकाशित गर्दै आएको थियो साथै भक्तपुरका एसपी सविन प्रधानलाई समेत जुवा अखडाको सूचना प्राप्त भएपछि उनले छापा मार्न सफल भएका थिए तर, मुख्य सञ्चालक र खेलाडीहरूलाई चर्को व्याजमा लगानी गर्दै आएका चुप्पी अर्थात् मोहनबहादुर शाही भने भाग्न सफल भएका छन् ।

एसपी प्रधानले यसै सातामात्रै तीन वटा जुवा अखडाहरूमा छापा मार्नुभएको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायकस्थित हरिबहादुर खड्काको घरमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको हो । जुवाखालबाट प्रहरीले नगद एक लाख ३३ हजार ३५० र ३४ लाख ३० हजारको विभिन्न बैंकहरूको ६ थान चेक, ६ बुक तास र जुवातास खेल्न प्रयोग गरिने विभिन्न सामानसहित १० जनालाई पक्राउ गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । खड्का नेपाल तरुण दल पूर्ब जिल्ला अध्यक्ष एबम् बर्तमान नेपाली काँग्रेसका श्रेत्रीय प्रतिनिधि समेत हुन् । यहि आबरणमा उनले बिगत लामो समय देखि जुवा अखडा संचालन गर्दै आएका थिए ।

एसपी प्रधानले आफ्नो अबको अप्रेसन वेश्यावृत्ति नियन्त्रणमा केन्द्रित गर्ने तयारी गरेको समेत थाहा भएको छ । भक्तपुर जिल्लामा करोडौँ रूपैयाँ लगानी गरेर खोलिएका नाम चलेका रिसोर्ट र होटलहरूमा समेत खुलेआम वेश्यावृत्ति हुने गरेको तथ्य सार्वजनिक भइरहे पनि हालसम्म जुवा अखडा तथा मदिरा भट्टीमा छापा मारिएसँगै एसपी प्रधानले भक्तपुर श्रेत्रमा रहेका वेश्यावृत्ति गराउने होटल, लज र रिसोर्ट एवम् क्याविन रेष्टुरेन्टहरूमा पनि निगरानि बढाइएको स्रोतले बताएको छ ।