समाचार

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु



चितवन, १९ साउन । चितवनमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ

शनिबार भरतपुर महानगरपालिका–२९  सेती दोभानमा ना ८ख २२८४ नं को ट्रक र विपरीत दिशाबाट आइरहेको लु४२ प ६५४२ नं को मोटरसाइकल ठोक्किँदा २५ वर्षीय  मिदेश नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सोही स्थान बस्ने मोटरसाइकल चालक  २७  वर्षीय  निदेश नेपाल घाइते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको  छ  ।