समाचार

सेनामा खुल्यो ६ हजार जनालाई जागिर (विज्ञापनसहित)



काठमाडौँ, १९ साउन । नेपाली सेनाले विभिन्न खुल्ला प्रतिस्पर्धाबाट रिक्त दरबन्दीका लागि झण्डै ६ हजार कर्मचारी माग गरेको छ ।

भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा लगायत २९ केन्द्रमार्फत् इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ ।

विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी २५ जना, कुचिकर ४० जना, चर्मकर्मी ७ जना, सुचिकार २१ जना, धोबी र सिकर्मी १र१ जनाको माग छ । त्यस्तै देशभरबाट सैन्य पदका लागि ५ हजार ६ सय ९३ जनाको दरखास्त माग गरहेको हो ।