समाचार

चार वटा बस ठोक्किँएर दुर्घटना हुदा १६ जना घाइते



भक्तपुर, २६ साउन । भक्तपुरमा  एउटा बस अनियन्त्रित भई तीन वटा बसलाई ठक्कर दीदा १६ जना घाइते भएका छन् ।

आज बिहान मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफैं अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेका बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नंं. को ३ वटा बसलाई ठक्कर दिँदा बा ४ ख ५७९४ नं. को बस १६ जना यात्रु घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनाको मध्यपुर अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

उक्त घटनामा संलग्न ४ वटै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरले नियन्त्रणमा लिएको छ भने ठक्कर दिने बस चालक ताहचल बस्ने ३० वर्षीय दिपकराज ठकुरीलाई पनि नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।