समाचार

१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ



काठमाडौँ, २७ साउन । भक्तपुरमा एक बालिकालाई डरधम्की देखाई जबरजस्ती करणी गरेको अभियोगमा  एक जना पक्राउ परेका छन ।

आइतबार सूर्यविनायक नगरपालिका-१ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५२ वर्षीय तीर्थराज न्यौपानेलाई महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरेको हो ।

नातिनी उमेरकी छिमेकी बालिकालाई पटक–पटक दुव्र्यवहार गरेको र पछि जबरजस्ती करणी गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जनाएको छ ।