विश्व

इराकमा हवाई आक्रमणमा १० लडाकू मारिए



एजेन्सी, २९ साउन । इराकमा हवाई आक्रमणमा परी दश जनाको मृत्यु भएको छ ।

इराकको पश्चिमी क्षेत्रमा सोमबार भएको अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस)का लडाकू रहेका जनाइएको छ ।

इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् ।

आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् ।