राजनीति

जनताले गर्नसक्ने काम सरकार आउला र गरिदेला भनेर नकुर्न नेता नेपालको आग्रह



काठमाडौँ, १ भदौ । पूर्वप्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालले स्थानीय जनताले आफूले गर्नसक्ने काम पनि सरकार आउला र गरिदेला भनेर नकुर्न आग्रह गर्नुभएको छ ।

शनिबार काठमाण्डौमा भएको कार्यक्रममा देश विकासको लागि नागरिक, संघ(संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । देश विकासको लागि सबैलाई एकजुट हुन आह्वान गर्नुभएको छ । सानो-ठूलो जस्तोसुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पूर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउनुभयो ।

कहिलेकाहीँ धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठूला ठूला काम बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।