राजनीति

एकीकृत समाजवादीले तीनवटै बैठक सार्‍यो



काठमाडौँ, २४ वैशाख । नेकपा (एकीकृत समाजवादी) को स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको छ । 

पार्टीको प्रचार विभागले सोमबार पठाएको सूचना अनुसार आन्तरिक तयारी नपुगेका कारण वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिटब्युरो तथा वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी सरेको हो । 

यसअघि क्रमशः वैशाख २६, २७ र २८, २९ गते बस्ने ती बैठक बोलाएको थियो । एकीकृत समाजवादीले जेठ १६ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्दैछ ।