विश्व

युक्रेनको होटेलमा आगलागी हुँदा ८ जनाको मृत्यु, १० घाइते



एजेन्सी, १  भदौ । युक्रेनको एक होटेलमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे १ बजे  देशको दक्षिणी शहरमा रहेको प्रसिद्ध होटेलमा आगलागी हुदा ८ जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको आपतकालिन सेवा प्रदायक संस्थाले जानकारी दिएको छ ।

आगलागीपछि सो इलाकाबाट १ सय ५० व्यक्तिलाई अन्यत्र सारिएको जनाइएको छ । करिब ६५ जना अग्नि नियन्त्रक तथा १३ दमकलले निरन्तर तीन घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा आएको बताइएको छ ।